९ चैत्र २०८२, सोमबार | March 23, 2026

वन समूहसँगै सरकारको लगानीमा काठ उद्योग



जाजरकोट । सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ ।

खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो । विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो ।

उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । सामुदायिक वनबाट हरेक वर्ष बूढा रुखहरु ढलेमा र आगलागीबाट नष्ट हुँदा खेर जाने गरेको उनले बताए । विभिन्न चोरी निकासी गरेर व्यक्तिगत नाफा लिने कार्यलाई नियन्त्रण गर्नका लागि पनि काठ उद्योग सञ्चालनमा ल्याइएको केसीको भनाइ थियो ।

उद्योगका लागि भवन निर्माण, उद्योगको क्षेत्र परिसर तारबार र मेसिन खरिद गरी सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म उद्योगमा झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ । १ करोड २७ लाखमा मेसिन खरिद गरिएको छ  । सबै मेसिन चीनबाट ल्याइएको हो ।

वनबाट निकालिएका काठबाट फर्निचरका सामग्री तथा प्लाइउडको कच्चा पदार्थ बनाइनेछ । चौध वडाका सबै सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन गर्दा वार्षिक करिब २० हजार रूख उद्योगका लागि प्रयोगमा आउने अनुमान गरिएको छ । “एक वर्षमा २० हजार रूख उद्योगमा प्रयोग गर्दा त्यसको मूल्य झन्डै रु दुई अर्ब हुन जान्छ, उद्योगले वार्षिक रु चार अर्बको कारोबार गर्ने लक्ष्य राखेका छ”, नगरप्रमुख केसीले भने ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ११ : १४ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी