२२ बैशाख २०८१, शनिबार | May 4, 2024

संचालन भएको दुई महिना नबित्दैं चर्कियो पानकोट मोटररेबल पुल



बझाङ । यातायात संचालन भएको दुई महिना नबित्दैं पानकोट मोटररेबल पुल चर्किएको छ ।

बझाङको सदरमुकाम चैनपुर जोड्ने पानकोट पुल ठेकेदारका लापरवाहीका कारण चर्किएको स्थानीयहरु बताउछन ।

एक बासिन्दा कैलास खड्काले भने, ‘दुई दिनको बर्षाले त पिल्लरहरु बाङ्गो भएर चर्किएको छ वर्षा हुन अझै बाकि छ समयमै मर्मत सम्भार नगरे पुल बग्ने खतरा रहेको छ ।’

त्यस्तै अर्का स्थानीय हिमाल जोशीले भने ठेकेदारले जुन ठाउमा जालि भर्नुपर्ने हो त्यहाँ नभरेर गलत ठाँउमा जालि भरेका कारण पुल चर्किने अवस्था आएको बताए ।

७० मिटर लम्बाई रहेको उक्त मोटरेबल पुल बन्दा पुल पारी र पुल वारीका बासिन्दाहरु हर्षित भएका थिए । यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्सन प्रालिसंग करिब ९ करोड रुपैयाँमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ३४ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको