१८ असार २०८३, बिहिबार | July 2, 2026

सभापति देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको आफ्नै निवास बुढानिलकण्ठमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेसले बताएको छ ।

सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको पौडेलले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : २३ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका