२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा १० भन्दा बढी रिट, सर्वोच्च प्रशासनबाट दर्ता गर्न ढिलाई



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६को उपधारा ४ मिचेर धारा ७६ (५) अनुसार गरेको नयाँ सरकार गठन आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा १० वटा भन्दा बढी रिट पुगेका छन् ।

अधिवक्ता कल्पना शर्मा, सन्तोष भण्डारी लगायतका १० जनाले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट पेश गरेका छन् । तर, सर्वोच्च प्रशासनले अहिलेसम्म रिट दर्ता भने गरिसकेको छैन । रिट दर्ता गर्न आलटाल गर्दै समय बिताउन थालेको रिट निवेदक मध्ये एकजनाले बताए ।

रिट निवेदकहरुले आजै रिट दर्ता गरी आजै अन्तरिम आदेशको माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भई संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुदा रिटको टुंगो नलागेसम्म धारा ७६ को ५ अनुसारको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकार माग गरेका छन् ।

रिट निवेदकहरुले रिट निवेदन दर्ता भई विचाराधीन रहेकै अवस्थामा सम्मानित अदालतबाट आवश्यक न्यायीक निकासा हुनुअघि नै विपक्षीहरुबाट हुन सक्ने सो सम्बन्धी अन्य निर्णय, पत्राचार, आदेश तथा कार्यहरु समेत उत्प्रेषणको आदेशले बदर गर्न र विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : ५२ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन