७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतको महाराष्ट्रमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु



मुम्बई । भारतको महाराष्ट्रमा सुरक्षाकर्मीसँगको भिडन्तमा १३ भारतीय माओवादीको मृत्यु भएको छ ।

महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रवार बिहान प्रहरीको सी-६० कमाण्डो सँगको भिडन्तमा १३ नक्सालवादी विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन ।

झडप बिहान ५:३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सालवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप-महानिरीक्षक सन्दीप पाटिलले बताए ।

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सालवादी लडाकुहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अङ्कित गोयलले बताए ।

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उनले बताए । यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

भारतमा नक्सालवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाव रहेको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ७ : १६ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु