१६ श्रावण २०८३, शनिबार | August 2, 2026

राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद बैठकले केहि दिन अघि नै पारित गरेर राष्ट्रपति कार्यालय पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन् । भण्डारीले नेपालको संविधानको धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई खुशी तुल्याउन प्रधानमन्त्री ओलीले नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशमार्फत जारी गराएका छन् । जबकी यससम्बन्धी विधेयक संसदमा ओलीकै पार्टीको अडानका कारण वर्षौदेखि छलफलका नाममा अलपत्र पर्दै आएको थियो ।

अध्यादेश जारी भएसँगै अब हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता प्राप्त गर्नेछन् । अहिलेसम्म यो व्यवस्था थिएन । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी अध्यादेश जारी भएसँगै अब जसपाको ठाकुर पक्षलाई ओलीले सरकारमा भित्र्याउने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले राजेन्द्र महतोलाई उपप्रधान र गृहमन्त्री बनाउने भएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ५८ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा