६ पुस २०८२, आइतबार | December 21, 2025

राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छिन् ।

मन्त्रिपरिषद बैठकले केहि दिन अघि नै पारित गरेर राष्ट्रपति कार्यालय पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन् । भण्डारीले नेपालको संविधानको धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई खुशी तुल्याउन प्रधानमन्त्री ओलीले नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशमार्फत जारी गराएका छन् । जबकी यससम्बन्धी विधेयक संसदमा ओलीकै पार्टीको अडानका कारण वर्षौदेखि छलफलका नाममा अलपत्र पर्दै आएको थियो ।

अध्यादेश जारी भएसँगै अब हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता प्राप्त गर्नेछन् । अहिलेसम्म यो व्यवस्था थिएन । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी अध्यादेश जारी भएसँगै अब जसपाको ठाकुर पक्षलाई ओलीले सरकारमा भित्र्याउने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले राजेन्द्र महतोलाई उपप्रधान र गृहमन्त्री बनाउने भएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ५८ बजे

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल