२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु, बाँके भने आज पनि मृत्युबाट जोगियो



नेपालगन्ज । बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको रातभरीमा मृत्यु भएपनि बाँके भने आज पनि मृत्युबाट जोगिन सफल भएको छ । अन्य जिल्लाबाट बाँकेमा उपचार गर्न आएका कोरोना संक्रमित मध्य ५ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । रातभरीमा भेरी अस्पताल नेपालगन्जमा ३ जना र नेपालगन्ज मेडिकल कलेज बोहलपुरमा २ जनाको मृत्यु भएको छ ।

जेठ २ गते भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा ३ बर्दियाका ४१ वर्षिय पुरुषको आईतबार साँझ ६ः३० बजे मृत्यु भएको थियो भने २ गते नै भेरीमा भर्ना र्भका तुलसिपुर ६ दाका ७१ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि आईतबार म्डिकल कलेज कोहलपुर भर्ना भएका लमही ४ दाङका ४३ वर्षिय पुरुषको मध्यराती १२ः४५ बजे मृत्यु भएको छ भने बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बाँसगढी बर्दियाका ५५ वर्षिय पुरुषको सोमबार बिहान १ बजे, बैशाख २७ गते र मेडिकल कलेज कोहलपुर भर्ना भएका गुलरिया १२ बर्दियाका ५५ वर्षिय पुरुषको पनि १ः१५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

शनिबार देखि बाँकेका कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या २४५ पुगेको छ । शनिबार सम्ममा बाँकेका २७३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : १२ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई