२४ बैशाख २०८१, सोमबार | May 6, 2024

साहित्यकार डा. बानीरा गिरिको निधन



काठमाडौं । साहित्यकार डा. बानीरा गिरिको निधन भएको छ।

साहित्यकार गिरिको हृदयघातका कारण आइतबार राति १० बजे निधन भएको उनको परिवारले जनाएको छ ।

अल्जाइमर्स रोगबाट पीडित ७५ वर्षीया गिरिलाई केही दिन अघि कोरोना संक्रमण पनि भएको थियो ।

उपचारको क्रममा निजामति अस्पताल लगिएपनि उनको निधन भएको थियो । कोरोना निको नहुँदै निधन भएका कारण उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेभएको छ ।

डा. गिरि विद्यावारिधि गर्ने पहिलो नेपाली महिला पनि हुन् । लियो टल्सटाय र विपी कोइरालाका साहित्यबाट प्रभावित भएकी गिरिले कविता संग्रह, उपन्यास निबन्ध लगायतका विधामा कलम चलाएकी छिन् ।

उनका ‘कारागार’ निबन्ध, ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रह प्रकाशित छन् । ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि गिरिले २०५६ सालको साझा पुरस्कार पाएकी थिइन ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : ४० बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र