१६ श्रावण २०८३, शनिबार | August 2, 2026

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६१० जनाको नमुना पीसीआर परीक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ७२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि तिलोत्तमा नगरपालिकामा ४८ जना, सिद्धार्थनगर नगरपालिकामा १९ जना, देवदह नगरपालिकामा १८ जना, कञ्चन गाउँपालिकामा १५ जना, सैनामैना नगरपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ३०१ पुगेको छ । जसमध्ये २० हजार ६४८ जना निको भएका छन । आज रुपन्देहीमा ४९४ जना कोरोनाबाट मुक्त भएका छन् ।

जिल्लामा हाल ४ हजार २४७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९६ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ३६ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा