६ पुस २०८२, आइतबार | December 21, 2025

गोली प्रहारबाट घाईते भएका माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेको मृत्यु



बुटवल । गोली प्रहारबाट घाईते भएका कपिलवस्तुका माओवादी केन्द्रका नेता दिपक भण्डारीको मृत्यु भएको छ । काठमाडौको शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत पाण्डेको मृत्यु उपचारका क्रममा मृत्यु भएको पैहरीले जनाएको छ । पाण्डेमाथि गत बुधबार राति गोली प्रहारबाट भएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको आज राती ८ः१५ बजे मृत्यु भएको हो ।

भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत पाण्डेलाई सोमबार साँझ हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले पुष्टि गरे ।

उनीमाथि तीन राउण्ड गोली लागेको थियो । गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका थिए । घटनाका मुख्य सुटर अभियुक्त फरार छन् ।

पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : ४६ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको