१६ श्रावण २०८३, शनिबार | August 2, 2026

बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत १० संक्रमितको १६ घण्टाका बीचमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ५ जना र ५ जना अन्य जिल्लाका रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिले दिएको जानकारी अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा जेठ ९ गते भर्ना भएकी बैजनाथ ४ की ३८ वर्षिय महिला, बाँसगढी बदिैयाका ६५ वर्षिय पुरुष र घोराही दाङका ५१ वर्षिय पुरुष रहेका छन् । त्यसैगरि भेरी अस्पतालमा मृत्यु हुनेहरुमा तुलसिपुर दाङका ५६ वर्षिय पुरुष, कोहलपुर बाँकेका ४७ वर्षिय पुरुष, नेपालगन्ज १८ की ८५ वर्षिया महिला, तुलसिपुर दाङकी ४० वर्षिया महिला, बढैयाताल बर्दियाकी ६० वर्षिया महिला, कोहलपुर बाँकेका ७१ वर्षिय पुरुष र खजुरा ४ बाँकेकी ३२ वर्षिया महिला रहेका छन् ।

आज मृतक थपिएसँगै बांके जिल्ला भित्रका मृत्यु हुनेको संख्या २७९ पुगेको छ भने बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २ दिन बाँकेबाट मृत्युको संख्या शुन्यमा झरेपनि आज ५ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा