१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन जरूरी छ : प्रधानमन्त्री ओली



काठमाडौं । आज २५६५औं बुद्ध जयन्ती । नेपाललगायत विश्वभरका बौद्धमार्गीहरुले विभिन्न धार्मिक कृयाकलापहरु गरी बुद्ध जयन्ती मनाउने गर्छन । नेपालमा पनि विभिन्न धार्मिक कृयाकलापहरु गरेर मनाइँदैछ । तर कोरोना महामारीका कारण सार्वजनिक जमघटलगायतका कायक्रमहरु भने नहुने भएका छन ।

बुद्ध जयन्तीको औपचारिकतास्वरुप बुद्ध जन्मस्थल लुम्बिनीमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै धार्मिक अनुष्ठान गरिने भएको छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धका बारेमा ब्याप्त भ्रम चिर्न आग्रह गर्दै एक सन्देश जारी गरेका छन ।

नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याएर अघि बढ्न उनले ध्यानाकर्षण गराएका हुन ।

‘यस्ता गलत कुरा नसच्चिएको भन्ने सुनिएको छ, आजको वैज्ञानिक तथा सूचनाको युगमा यस्ता त्रुटि कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै पढाउनु वाञ्छनीय हुँदैन,’ उनको सन्देशमा भनिएको छ, ‘त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु ।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताए ।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिजम, बुद्धवाद, बुद्ध दर्शनको उद्गमस्थल पनि हो । शान्तिको सन्देश छर्ने थलो पनि हो,’ उनको सन्देशमा भनिएको छ, ‘विभिन्न धार्मिक असहिष्णुता तथा धार्मिक संकीर्णता जस्ता कुराले बुद्धदर्शनकाविरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए, तर बुद्धका उपदेश, चिन्तन र देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन ।’

बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यहीं रहेको जनाउँदै उनले जहाँबाट बुद्ध मानव जातिको जन्म र मरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्किए, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथ्य छर्लंग रहेको भन्दै उनले यी तथ्यलाई उजागर गर्न र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने सबैप्रति आभारसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : ०७ बजे

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।