९ चैत्र २०८२, सोमबार | March 23, 2026

संकटमा मिल्न चिनियाँ नेताको आग्रह



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो ।

नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् ।

‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल-चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए । जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।

सोङ थाओले महामारी नियन्त्रणका लागि चार उपाय सुझाएका छन् । पार्टी नेतृत्वमा जनजीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय, मनमन जोडेर शक्तिसाथ जुट्नुपर्ने र दृढ योजना अघि सार्न सके कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् । उनले चिनियाँ पार्टीका तर्फबाट नेपाललाई सहयोग उपलब्ध गराउने घोषणासमेत गरे ।

‘चीन सरकारले यसअघि पनि सहयोग उपलब्ध गराउँदै आएको छ, चिनियाँ कम्युनिस्ट पार्टी थप सहयोग गर्न चाहन्छौं,’ उनले भने, ‘अहिले हामी सयवटा अक्सिजन कन्सन्ट्रेटर्स र ६ लाख एन मास्क उपलब्ध गराउँछौं ।’ संकटका बेलामा नेपालका नेताले आपसी मतभेद गर्न नहुने र कोरोना महामारीविरुद्ध एकजुट भएर लड्न पनि उनले सुझाव दिएका छन् । नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं नेकपा एमाले महासचिव ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ तावोलाई आग्रह गरे ।

‘नेपालीको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोनामुक्त गरी अर्थतन्त्र पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्य जरुरत छ,’ उनले भने, ‘दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा आशावादी छु ।’ प्रान्तीय सरकारलाई समेत सहयोग गरेकोमा धन्यवाद दिँदै उनले साइनोफर्मलाई विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएकोमा बधाईसमेत दिए ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सन् २०१५ को भूकम्पमा चीनले गरेको सहयोग स्मरण गर्दै यसपटक पनि सहयोग गर्नेमा आफू आशावादी रहेको बताए । अक्सिजनलगायत सामग्री अभाव रहेको बताउँदै उनले चिनियाँ खोप छिट्टै आउनेमा आफू विश्वस्त रहेको जिकिर गरे ।

नेपाली कांग्रेस नेता नारायण खड्काले चीनको नेपालसँगको पुरानो सम्बन्ध रहेको बताए । बीपी कोइराला सरकारको समय सन् १९६० मा चीनसँग पार्टी र देशबीचको सम्बन्ध विषयमा उनले चर्चा गरे । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले चीनको तीव्र प्रतिक्रिया नीतिले कोरोना महामारी नियन्त्रण लिन सफल भएको भन्दै नेपालमा अहिले देखिएको स्वास्थ्य संकटमा चीनको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र चीनबीचको सम्बन्ध चर्चा गर्दैै नेपालमा देखिएको कोरोना महामारीको दोस्रो लहरले स्वास्थ्य संकटको अवस्थामा पुगेको अवगत गराए । राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : ३६ बजे

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई