२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

संक्रमितको मृत्यु भएपछि भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, ज्यान बचाउन छतबाट हाम्फाले नर्सहरु



नेपालगन्ज । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । मृतकका आफन्तबाट भएको आक्रमणमा परि ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाईते भएको अस्पतालले जनाएको छ । आसीयू कक्षमै नर्सहरुमाथि हातपात भएपछि ज्यान जाेगाउन नर्सहरु छतबाट हाम्फालेका थिए ।

जेठ ४ गते देखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा राती ८ बजेतिर मृत्यु भएपछि उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको अस्पतालले जनाएको छ । मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पता विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

घटना लगत्तै प्रहरीले मानबहदुर सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्यको खोजि गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : ०९ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो