२१ भदौ २०८३, आइतबार | September 7, 2026

हतियारधारी समूहद्वारा धरानको प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते



सुनसरी । सुनसरीको धरानस्थित एक प्रहरी चौकीमा स्थानिय हतियारधारी युवकहरूको एक समूहले आक्रमण गरेका छन् ।

जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका ८-९ जनाको समूहले प्रहरीमाथि नै आक्रमण गरेको हो ।

धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण हो । घटनामा असईसहित पाँचजना प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । त्यसको पछि पछि आएको सो ८-९ जनाको समूहले चौकीभित्रै प्रवेश गरी जाहेरीकर्तालाई नै आक्रमण गरेपछि त्यसलाई रोक्न खोज्दा हतियारधारी युवाहरुले प्रहरीमाथि नै आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए ।

आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहालको हातमा गहिरो चोट लागेको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीमाथि आक्रमण गर्ने युवाहरुको खोजी कार्यमा प्रहरी परिचालन गरिएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ६ : ५६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त