१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रक्सी चोरेको आरोपमा तीन प्रहरी निलम्बित



लहान । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ ।

निषेधाज्ञाको समयमा लहान नगरपालिका-२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार त्यहाँ काममा खटिएका प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १ : ०० बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई