६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्रीको आक्रोश : कालोकोटधारीले न्यायालयमा वितण्डा मच्चाए, ‘पूर्वप्रधानन्यायाधीसहरु आउटडेटेड इलेमेन्ट’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनव्यवसायीहरुमाथि फेरि खनिएका छन् ।

पहिलोपटक प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दाका बहसकर्ता कानूनव्यवसायीहरुलाई तमासा देखाएको भन्दै आरोप लगाएका ओलीले फेरि अर्कोपटक पनि सोही आरोप लगाएका छन् ।

एमालेको युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले भनेको न्यायाधीस नभए हुँदैन भनेर वकिलहरुले संवैधानिक इजलासमै तमासा देखाएको आरोप लगाएका हुन् ।

ओली विपक्षी गठबन्धनको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ताहरुले आफुले लेखेर दिएको फैसला सुनाउने न्यायाधीस खोजेर न्यायालयमा वितण्डा मच्चाएको जिकिर गरे । ओलीले प्रश्न गरे, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ?

ओलीले यसलाई गम्भीर विषय भएको बताउँदै उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भनेको आरोप लगाए ।

ओलीले विगतमा जस्तै पूर्वप्रधानन्यायाधीसहरुप्रति पनि खनिए । पूर्वप्रधानन्यायाधीसहरुले वक्तव्यबाजी जारी गरेको आरोप लगाउँदै उनले भने ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने ? आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने ? हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि बहस गर्ने कानून व्यवसायीहरु र पूर्वप्रधानन्यायाधीसहरुलाई गाली गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : २९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा