२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै, न्यायाधीशहरु फेरिएनन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिटमाथि सुनवाइ गर्न गठित संवैधानिक इलजासमा न्यायाधीसहरु फेरिएनन् ।

यसअघि गठित इजालासकै न्यायाधीसहरु आज पनि दोहोरिएका छन् । अब साविककै इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइ हुनेभएको छ ।

शुक्रबार र आइतबार रिट निवेदकका पक्षबाट बहस गरेका कानूनव्यवसायीहरुले न्यायाधीसद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा रहन नहुने माग गरेका थिए । यसबारे विवाद बढेपछि इजलासमै पक्ष विपक्षमा बहस समेत भएको थियो । महान्यायाधिवक्ताले भने वकिलले प्रश्न उठाउँदैमा न्यायाधीस फेरिन नहुने तर्क गरका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराले इजलासमा रहने नरहने विषय न्यायाधीसमै निर्भर हुने भन्दै उठेको इजलास आजका लागि स्थगित भएको थियो । यसबारे संवैधानिक इजलासको रोष्टरमा रहेका सर्वोच्चका न्यायाधीसहरुबीच हिजो गम्भीर छलफल भएको थियो । न्यायाधीसहरुले विवाद नआउने गरी वरिष्ठताका आधारमा इजलास गठन गर्नुपर्ने विषयमा हिजो छलफल गरेका थिए ।

तर, आजको इजलासमा भने न्यायाधीसद्वयहरु परिवर्तन गरिएको छैन । न्यायाधीसहरु फेरिन सक्ने अनुमान गरिए पनि आजको इजलासमा पनि प्रधानन्यायाधीस राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुस केसी र बमकुमार श्रेष्ठ रहेका छन् । न्यायाधीसद्वय श्रेष्ठ र केसीले आफुबारे उठेका विषयमाथि इजलासमै आफ्नो धारणा राख्ने बताएका छन् ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १० : ५७ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा