६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रेशमलाल चौधरीलाई रिहाई गर्न सरकारले ग-यो लिखित सम्झौता



काठमाडौं । जनता समाजवादी पार्टी महन्त महतो समूह र ओली सरकारकाबीच सत्ता समिकरणको मुख्य एजेण्डा बन्दै आएको जसपा नेता एवं निलम्बित सांसद रेशमलाल चौधरीको रिहाईका बिषयमा सरकारले थारु कल्याणकारिणी सभासँग पनि सहमती जनाएको छ । सरकार र कल्याणकारिणी सभाबीच आज भएको ६ बुँदे सहमतिमा पनि विघटित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाई गर्ने सहमती भएको हो ।

सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्न सरकारले सहमत भएको छ ।

सहमतिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ सहित राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर गरेका छन् भने सभाका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार आन्दोलनमा भएको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याइने लगायत उल्लेख छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ३ : ४३ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया