१८ असार २०८३, बिहिबार | July 2, 2026

रेशमलाल चौधरीलाई रिहाई गर्न सरकारले ग-यो लिखित सम्झौता



काठमाडौं । जनता समाजवादी पार्टी महन्त महतो समूह र ओली सरकारकाबीच सत्ता समिकरणको मुख्य एजेण्डा बन्दै आएको जसपा नेता एवं निलम्बित सांसद रेशमलाल चौधरीको रिहाईका बिषयमा सरकारले थारु कल्याणकारिणी सभासँग पनि सहमती जनाएको छ । सरकार र कल्याणकारिणी सभाबीच आज भएको ६ बुँदे सहमतिमा पनि विघटित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाई गर्ने सहमती भएको हो ।

सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको घटनामा आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्न सरकारले सहमत भएको छ ।

सहमतिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ सहित राजन भट्टराई र भगवती चौधरीले हस्ताक्षर गरेका छन् भने सभाका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार आन्दोलनमा भएको क्षतिको मूल्यांकन गरेर क्षतिपूर्ति उपलब्ध गराउने, महिला र असहायमाथि दुर्व्यवहार गर्नेलाई छानबिन गरी कानुनी दायरामा ल्याइने लगायत उल्लेख छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ३ : ४३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले