१८ असार २०८३, बिहिबार | July 3, 2026

जसपाको ठाकुर पक्षद्वारा उपेन्द्र यादवलाई पार्टीबाट निस्काशन



काठमाडौं । जनता समाजवादी पार्टी जसपामा एक पक्षले अर्को पक्षलाई पार्टीबाट निस्काशन गर्न सुरु भएको छ ।

पार्टीको कार्यकारिणी समितिको बहुमतको निर्णयका आधारमा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्काशन गरेलगत्तै ठाकुर पक्षले पनि जवाफी फायर खोलेको छ ।

ठाकुर पक्षले अध्यक्ष यादवलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ । आज बसेको ठाकुर पक्षका नेताहरुको बैठकले यादवलाई निस्काशन गर्ने निर्णय गरेको हो । बैठकले यादप पक्षले चार नेतामाथि गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि ठहर गरेको छ । यसबारे ठाकुर पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ ।

यसअघि सोमबार बसेको यादव पक्षको बहुमत रहेको कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई कारवाही गरेको थियो । त्यसबारे यादव पक्षले निर्वाचन आयोगलाई पार्टीका सबै निर्णयको कपिसहित जानकारी गराएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : ४० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले