१९ जेष्ठ २०८३, मंगलबार | June 2, 2026

ढुंगा-गिटी-बालुवा निकासी गर्ने जनविरोधी कार्यक्रम सफल हुन दिँदैनौं : गगन थापा



काठमाडौै । नेपाली कांग्रेसका नेता गगन थापाले ढुंगा, गिटी र बालुवा निकासी गर्ने सरकारको जनविरोधी कार्यलाई सफल हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

नेता थापाले बुधबार ट्वीट गर्दै सरकारले बजेटमार्फत ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गरेर नीतिगत भ्रष्टाचार गर्ने बाटो खोजेको जिकिर गरेका छन् । थापाले सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई रोक्ने र सफल हुन नदिने बताएका छन्।

प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो जनविरोधी कार्यक्रम समावेश गरेको थापाको दाबी छ ।

थापाले आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान समेत गरेका छन् ।

थापाले भनेका छन् : 

संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ। वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ। यो नीतिगत भ्रष्टाचार हो। आफ्ना यारुलाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनस् छर्लङ्ग भएको छ। चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटकपटक रोकेको हो। यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ। अदालतको आदेश, संसदीय समितिका पटकपटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौँ नै। आमजनता, संचारजगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ११ : २५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : रहस्य अझै अनुत्तरित, नारायणहिटी संग्रहालयमा बढ्दो चासो

काठमाडौं । नेपाली इतिहासकै सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक

रास्वपा सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका

बुटवल-नारायणगढ सडकमा यात्रा सहज बन्दै, वर्षौंदेखिको सास्ती अन्त्यतर्फ

सिद्धार्थनगर । वर्षौंदेखि निर्माण कार्यका कारण धुलो, हिलो, जाम र

होटल पौवा जनकपुरको खाना महोत्सवमा बुटवल शाखाको विशेष प्रस्तुति, लुम्बिनीका स्वाद चिनाउने

बुटवल । होटल पौवाले जनकपुरधाममा सञ्चालनमा ल्याउन लागेको आफ्नो १९

वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ