६ श्रावण २०८३, बुधबार | July 22, 2026

अपडेट: चौधरी उद्योगग्राममा लागेको आगो नियन्त्रणमा



देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।

तीन घण्टा बढीको प्रयासपछि आगालागी नियन्त्रणमा आएको हो । आगालागी नियन्त्तण गर्न दुई वटा दमकल, सेना, सशस्त्र र जनपद प्रहरी, उद्योगका कर्मचारी र स्थानीयवासीले लगातार प्रयास गरेका थिए ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार बुधबार बिहान ८ बजेबाट उद्योगको वियर प्लान्ट र गोदाममा आगलागी भएको थियो । वियरका कार्टुनहरु भएका कारण आगो छिटो फैलिएको थियो । आगलागीबाट ठूलै क्षति भएको छ ।

आगलागीको कारण अहिलेसम्म थाहा नभएको पौडेलले बताए । तर विद्युत सर्ट भएको अनुमान गरिएको छ ।

आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् ।

आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  १२ : १० बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न