२४ भदौ २०८३, बुधबार | September 9, 2026

ढुंगा-गिटी-बालुवा निकासी गर्ने बजेट घोषणा राष्ट्रघाती : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राष्ट्रघाती भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष यादवले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो राष्ट्रघाती कार्य नगर्न सरकारलाई आग्रह गरेका छन् ।

चुरे क्षेत्रबाट गरिने ढुंगा, गिटी, बालुवा उत्खननले चुरे विनाश गर्ने र सिंगो तराई मधेशलाई मरुभूमिकरण गर्ने निश्चित भएको जनाएका छन् ।

यादवले भनेका छन्, ‘भविष्यमा मधेशका भूमिका उर्वरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएका हुँदा भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुंगा, गिटी, बालुवा आदि उत्खनन् गरी निर्याात गर्ने कार्य बन्द गरिनुपर्छ ।’

अध्यक्ष यादवले सरकारको यो नीतिले नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला, तर यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई मधेशमा ठूलो प्राकृतिक संकट आउने जनाएका छन् ।

यादवले वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, चुरे संरक्षण र तराई मधेशलाई मरुभूमिकरण हुने कार्यबाट जोगाउन र त्यहाँका जनताले आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुनुपर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ३ : २७ बजे

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले