७ पुस २०८२, सोमबार | December 22, 2025

स्व‍‍. पत्रकार हिक्मत चौधरीको परिवारलाई पत्रकार महासंघ केन्द्रिय समितिद्वारा आर्थिक सहयोग



बुटवल । कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकार हिक्मत चौधरीको परिवारलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले पठाएको रकम प्रदान गरिएको छ ।

स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा(५ मणिग्राम स्थित निवासमा पुुगेर नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका टोलीले सात्ववना दिदै काजकिरियाका लागि ३० हजार रुपैयाँ हस्तातरण गरेको हो । यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट नगद रु २५ हजार १ सय रुपैयाँ उपलब्ध गराएको थियो । केन्द्रिय समितिले पठाएको उक्त सहयोग रकम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गरे।

केन्द्रिय समितिका अध्यक्ष बिपुल पोखरेलले राहत रकम सहित पठाएको शोक संदेशमा पत्रकार चौधरीको मृत्युको घटनाप्रति दुख ब्यक्त गरेका छन् । पोखरेलले महामारीमा पत्रकार महासंघ रुपन्देहीबाट उपचारमा सक्दो कोसिश भएपनि बचाउन नसकेकोमा दुख ब्यक्त गर्दै परिवारजनमा हार्दिक समबेदना प्रकट गरेका छन् ।

कोरोना संक्रमणका कारण बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको यहि जेठको ५ गते बु मृत्यु भएको थियो ।

सहयोग हस्तान्तरणमा अध्यक्ष रामराज पोख्रेल, कोशाध्यक्ष संजय सौगात, कार्यसमिति सदस्य मोहन न्यौपाने, केन्द्रिय पार्सद दिवाकर पन्थीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ७ : २३ बजे

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा