१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित



नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार गणना अन्तिम चरणमा पुगेको बेला जङ्गली हात्तीले अवरोध पु¥याएको हो । “निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको थियो”, अधिकारीले भने, “१२ वटा ब्लक सकाएर अन्तिमको दुई वटा गणना गर्ने बेलामा जङ्गली हात्तीले अवरोध गरेपछि गणना स्थगन गरिएको छ ।” गौरी गाई गणना कहिलेदेखि पुनः शुरु गर्ने भन्ने बारे यकिन नभएको अधिकारीले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरीगाई)को निकुञ्जले पाँच वर्षपछि गणना थालेको थियो । गौरीगाईको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने उद्देश्यका साथ आन्तरिक अनुगमन तथा गणनाका लागि निकुञ्जका २२ वटा हात्ती र ६० जनशक्ति परिचालन गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको गौरी पाइने सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ वटा ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना शुरु भएको थियो ।

सन् २०१६ को गणनाअनुसार नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरीगाई रहेकामा चितवनमा ३६८ पाइएको थियो । सन् १९५० को दशकमा नेपालको पूर्वी क्षेत्र उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने गौरीगाई पछिल्ला दिनमा देखिन छाडेका छन् । सन् २०११ को गणनामा ३१२ वटा गौरीगाई रेकर्ड भएका थिए ।

नेपाल र भारतसमेत दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका ११ देशमा तीन उपप्रजातिका गौरीगाई पाइने गरेको छ । विशेषगरी सुक्खा भागमा बस्न रुचाउने गौरीगाईको सरदर आयु २० देखि ३० वर्ष हुने गरेको छ ।

ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाहीँ बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरीगाई ६०० देखि १००० किलोग्रामसम्म हुन्छ । प्रायः जसो एउटा हुलमा आठदेखि ११ वटाको सङ्ख्यामा गौरीगाई रहने गरेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : ०९ बजे

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम