२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

प्रतिनिधिसभा विघटन मुद्दामा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

आजै मात्र पुनर्गठन भएको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।

यसअघि गठन भएको इजलासका दुई न्यायाधीसमाथि प्रश्न उठेपछि गत मंगलबार प्रधानन्यायाधीस राणाले इजलास वरिष्ठताका आधारमा पुनर्गठन गर्ने जनाएका थिए । न्यायाधीसद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठेपछि अर्का न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले सहकर्मी न्यायाधीसमाथि प्रश्न उठेपछि आफुहरु पनि इजलासमा नबस्ने जनाएका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका १४६ सांसदहरुसहित ३० वटा निवेदन परेका छन् । तीमध्ये २६ वटा निवेदनमा कांग्रेसका शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने माग गरिएको छ भने ४ वटा निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएको छ ।

आजको सुनुवाइपछि इजलासले अन्तरिम आदेश जारी गर्ने या नगर्ने निर्णय गर्नेछ । तर, सुनुवाइका क्रमममा सरकार पक्षका कानूनव्यवसायीहरुले भने नयाँ इजलासमाथि नै प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : २४ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो