२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सरकार पक्षका कानून व्यवसायीलाई अदालतको मानहानीमा कारवाही गर्ने प्रधानन्यायाधीसको चेतावनी



काठमाडौं । संवैधानिक इजलासमाथि सरकार पक्षका कानूनव्यवसायीहरुले प्रश्न उठाउँदै निवेदन दिएपछि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट प्रतिरक्षा गर्न पुगेका महान्यायाधिवक्तासहितका कानूनव्यवसायीहरुले संवैधानिक इजलासमा रहेका ११ जना न्यायाधीसले प्रतिनिधिसभा विघटन मुद्दा हेर्न नमिल्ने भन्दै निवदेन दिएका थिए । प्रधानन्यायाधीसले राणाले भने त्यसविरुद्ध लाग्ने कानूनव्यवासीहरुलाई अदालतको अवहेलनामा कारवाही गर्ने चेतावनी दिएका छन् ।

राणाले इजलासमा को बस्न पाउने र नपाउने भन्ने अधिकार कानूनव्यवसायीलाई नभएको प्रष्ट पार्दै निवदेन फिर्ता लिन या कारवाही भोग्न चेतावनी दिएका हुन् ।

केपी शर्मा ओलीलाई संविधानको धारा ७५ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनाउनुपर्ने मागसहित निवेदन दिएका अधिवक्ता राजाराम घिमिरेले इजालसमै न्यायाधीसहरुमाथि प्रश्न उठाएका थिए । उनेले अहिले इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गर्न खोजेपछि प्रधानन्यायाधीस राणाले अदालतको मानहानीको अभियोग चलाउने चेतावनी दिएका हुन् ।
राणाले निवेदन दर्ता गर्ने कि परिणाम भोग्ने भन्दै घिमिेरेलाई हपारेका छन् ।

महान्यायाधिवक्ता रमेश बडालले समेत इजलासमाथि प्रश्न उठाएका छन् । उनले विपक्षीले प्रश्न उठाएपछि त्यसको सम्बोधन हुने आफुहरुले प्रश्न उठाउन नपाउँने भन्दै ‘हामीले स्थापित गर्न खोजेको न्यायिक प्रणाली यही हो ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १२ : ४० बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय