२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रदेश २ सरकारमा सत्ता साझेदारीका विषयमा जसपा र कांग्रेसबीच छलफल



जनकपुर । पार्टीमा महन्थ ठाकुर पक्ष केन्द्रमा एमालेसँग सत्तासाझेदारी गर्न पुगेपछि प्रदेश २ मा जसपाको उपेन्द्र यादव पक्ष काँग्रेस र माओवादीसँग सत्तासाझेदारी गर्ने प्रयास सुरु गरेको छ ।

पार्टी व्यवहारिक रुपमा विभाजित भैसकेपछि प्रदेशसभामा बहुमतमा रहेको यादव पक्षले ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरी कांग्रेसलाई सत्तामा ल्याउने प्रयास सुरु गरेको हो । जसपा प्रदेशसभा संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतलाई दलको नेतामा चयन गरिसकेको छ । मुख्यमन्त्री राउतले हिजै राति ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिसकेका छन् । प्रदेशसभामा रहेका ५५ जनामध्ये यादव पक्षमा ३६ जना सांसदहरु रहेका छन् ।

जसपाले आज सोमबार कांग्रेसका सांसदहरुसँग छलफल गरेको हो । यसअघि अध्यक्ष उपेन्द्र यादवले काग्रेस उपसभापति विमलेन्द्र निधिसँग सत्तासहकार्यको विषयमा छलफल गरिसकेका छन् । सोमबार जसपाका तीन जना मन्त्री र कांग्रेसका तीन जना सांसदबीच सरकारको विषयमा छलफल भएको कांग्रेसका सचेतक उपेन्द्र कुशवाहले बताएका छन् । दुवै पक्ष पुनः साँझ पनि छलफलमा बस्नेगरी उठेका छन् ।

बैठकमा जसपाको तर्फबाट भू मि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय र समाजिक विकासमन्त्री नवलकिशोर साह, सहभागी थिए । यस्तै, कांग्रेसको तर्फबाट सचेतक कुशवाहसहित शिवचन्द्र चौधरी र विरेन्द्र सिंह सहभागी थिए ।

प्रदेशसभा अधिवेशन आजैबाट सुरुहुँदैछ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । यसका लागि ठाकुर पक्षका सांसदहरुले असहयोग गर्ने निश्चित भएपछि मुख्यमन्त्री राउतले सो पक्षका मन्त्रीलाई हटाएर कांग्रेसलाई सत्तामा ल्याउन चाहेका छन् ।

माओवादीले आफ्ना सांसदलाई कारवाही गरेपछि १०७ बाट १०४ सदस्यमा झरेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ५३ जना सांसदको आवश्यकता पर्दछ । ३६ जना सांसदको समर्थन जोगाएका मुख्यमन्त्री राउतका लागि थप १७ जना सांसदको आवश्यकता पर्दछ । कांग्रेससँग १९ जना सांसद छन् । जसपाले माओवादीसँग पनि सहकार्यको प्रस्ताव गरेको छ । माओवादीका भने ८ जना मात्र सांसद रहेका छन् ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ११ : ३२ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा