१६ बैशाख २०८१, आइतबार | April 28, 2024

भारतमा दुई महिना यताकै कम संक्रमित, २४ घण्टामा ८७ हजार थपिए



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ ।

भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ । नयाँ संक्रमितको संख्यासँगै दैनिक मृतकको संख्या पनि बिस्तारै घट्न थालेको छ । भारतमा पछिल्लो २४ घण्टामा २१ सय १५ को मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ५१ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ७३ लाखभन्दा बढी निको भइसकेका छन् भने १३ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : ५० बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा