२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौंको बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा शव फेला



काठमाडौं । काठमाडौंको नयाँबस्तीमा बोरा भित्र पोको पारेर फालिएको अवस्थामा शव फेला परेको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बोरामा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।

एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बोरा भित्र पोको पारेर राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’

हत्या गरेर शव फालेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ९ : ०४ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा