२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलका बिद्यार्थीले बनाए कोरोनाबाट बच्न ‘स्मार्ट स्यानिटाइजर डिस्पेन्सर’



बुटवल । कोरोना भाइरस (कोभिड १९)को महामारी लाई राहत दिन बुटवलका युवा बिद्यार्थीले स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् ।

५ जना बिद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाइ उनीहरुले कोभिड १९को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् । ३ दिनको कडा मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सर को सफलतापूर्वक निर्माण गरिएको समुहका दिनेश ओलीले बताए ।

उनीसंगै दिनेश बस्याल,विवेक पौडेल,बसन्त पौडेल,सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् । खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्बजनिक स्थानमा सचेतना जगाउदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समत जनाएका छन् ।

सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लागन सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताए । कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिमा का बिद्यार्थीहरुको ग्रुपले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ ।

यस मेसिनमा भरिएको स्यानिटाईजर प्रयोग भएपश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सुचना जान्छ र अधिकृत व्यक्तिले स्यानिटाईजर पुनःभर्नुपर्दछ । हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरि बनाइएको छ ।

यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताए । टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्,ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री बिक्रि बितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताए ।

बुटवलमा पहिलोपटक यसप्रकारको आयोजना बनाइएको हो । यसको मुल्य करिब ४०—५० हजारसम्म पर्ने तर आफुहरुले बिक्रिका लागि भने यो निर्माण नगरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ४१ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल