१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु



खोटाङ । किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो ।

लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, संवद्र्धन गर्दै युवा पिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले बताए ।

“कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शरु गरिएको छ”, उनले भने, “जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन् ।”

सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्ने छ । छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ ।

पहिलो चरणमा छनोट भएकामध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ । दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् ।

प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः रु १६ हजार, १० हजार र सात हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए ।

कार्यक्रममा किराँत राई सङ्गीत सम्मान अक्षयकोषका लागि रु दुई लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ३३ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको