१० चैत्र २०८२, मंगलबार | March 25, 2026

बालबालिकालाई संक्रमणबाट जोगाउन आग्रह



बाँके । बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् ।

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए । जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोर्कण गिरीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् ।

ठाकुरबाबा नगरपालिकामा-११ बालबालिका होम आइसोलेसनमा रहेका छन् । गुलरिया र बाँसगढी नगरपालिकामा आठ र आठ, बारबर्दियामा छ, राजापुरमा पाँच बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्दियामा बाल चिकित्सकको अभाव छ । बालबालिकालाई सङ्क्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन । जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै बालबालिका हेर्न चिकित्सक विज्ञहरूले अस्पतालमा निश्चित शय्या छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेशको बर्दियामा बालबालिकालाई सङ्क्रमणबाट जोगाउन कुनै तयारी नहुँदा चिन्ता व्यक्त गरेका छन् ।

खाद्य बैंकको राहतबाट विपन्नलाई वरदान साबित

कोरोनाका कारण लगाइएको निषेधाज्ञा थपिँदै जाँदा बर्दियाको गुलरियामा सञ्चालित खाद्य बैंकको राहातबाट विपन्नलाई वरदान साबित भइरहेको छ ।

गुलरिया नगरपालिकासँग सहकार्यमा हिन्दू स्वयंसेवक सङ्घ नेपाल, लायन्स क्लब अफ बर्दिया र एन्टा अमेरिकालगायतका सामाजिक संस्थाले कोरोना महामारीमा रोगले मात्र होइन भोकले पनि कोही नमरुन् भन्ने पवित्र उद्देश्यले खाद्य बैंक शुरु गरेका हुन ।

लायन्स क्लब अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्र हुनेले दिउन् नहुनेले लैजाउन भन्ने हेतुले खाद्य बैंकले प्रतिपरिवार २० किलो चामल, दुई किलो दाल, पाँच किलो पिठो, आधा लिटर तेल, दुई वटा साबुन र पाँच वटा मास्क सहयोग गरिरहेको बताए । खाद्य बैंकमा सहयोगी भावना भएका जो सुकैले आर्थिक तथा खाद्यान्न सहयोग गर्न सक्ने मिश्रले बताए ।

हिन्दू स्वयंसेवक सङ्घ नेपाल, नेपालगन्जका संवाहक राजेन्द्रकुमार यादवले टोलटोलमै पुगेर अतिविपन्न तथा छाक टार्न मुस्किल हुने परिवारको नामावली सङ्कलन गरेर सहयोग गरिरहेको प्रष्ट पारे । खाद्यान्न वितरणका लागि गुलरिया नगरपालिकाले गाडी उपलब्ध गराएको छ ।

रोगजारी गुमेको अवस्थामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्नेहरुलाई खाद्य बैंकको सहयोगले राहत दिएको लाभान्वित भएकाहरु बताउँछन् । गुलरिया नगरपालिका-७ का कालु रैदासले भने, ‘‘कोरोनाले खाद्यान्नको समस्या भइरहेको थियो । बिहान बेलुकाको छाक टार्न धौधौ भएको बेला खाद्यान्न पाउँदा निकै खुसी लागेको छ ।”

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : ०७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण