१७ माघ २०८२, शनिबार | January 31, 2026

गोरखाका पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स



गोरखा । गोरखाका विभिन्न ५ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्ससहितका स्वास्थ्य सामग्री बुधबार प्रदान गरिएको छ ।

सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहलाई एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको आरुघाट गाउँपालिका घर भई पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहलाई उपलब्ध गराएका हुन् ।

गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहका लागि एम्बुलेन्ससमेत गरी करिब १ करोड रुपैयाँ बराबरको सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए ।

त्यस्तै, संस्थाले कोरोना संक्रमणविरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ ।

त्यस्तै, ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटरलगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उनले बताए । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा १२ लाख रुपैयाँमा खरिद गरिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ७ : १६ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान