७ पुस २०८२, सोमबार | December 22, 2025

दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि तीनजना पक्राउ



मोरङ । दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले मोरङबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका-१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलबाट लागूऔषध भेटिएपछि तीनजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका-९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका-८ का ६० वर्षीय अब्बास मियाँ छन् ।

एसपी खड्काका अनुसार धमला र भट्टराई सवार प्रदेश १-०२-०४१ प ८८८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यसपछि अनुसन्धानका क्रममा धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको भेटिएको हो ।

अहिले उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ५१ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८