१७ बैशाख २०८१, सोमबार | April 29, 2024

युरोकप फुटबल : उपाधि दाबेदार इटलीको विजयी सुरुवात, टर्की ३-० गोलले पराजित



काठमाडौं । उपाधि दाबेदार इटालीले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

रोमस्थित ओलम्पिक स्टेडियममा शुक्रबार राति भएको उद्घाटन खेलमा टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै इटालीले सुखद् सुरुवात गरेको हो ।

इटालीको लागि सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एकरएक गोल गरे । एक गोल भने उपहार पाएको थियो । निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा बलमा पकड जमाएपनि इटालीले पहिलो हाफमा गोल गर्न सकेन । टर्कीले पनि केहि अवसरलाई गुमाएको थियो ।

तर, रोबर्टो मान्सिनीको नेतृत्वमा रहेको इटालीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्‍यो । ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोल गरे । डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलको ढाडमा लागेर बल आफ्नै पोष्ट छिरेको थियो ।

६६ औं मिनेटमा इटालीले अग्रता दोब्बर बनायो । लिओनार्डो स्पिनाज्जोलाको प्रहार टर्कीका गोलरक्षक उगुर्चान चुकारले बचाएपनि रिबाउन्डलाई इम्मोबिलेले गोल गरे ।

७९औं मिनेटमा बरेल्लाले दिएको पासमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३-० गोलको जित दिलाए । इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई वान टचमा गोल गरेका थिए ।

यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ । युरोकप अघिको दुई अभ्यास खेलमा जित निकालेको इटाली ११ सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग १-० ले पराजित भएयता पछिल्लो २८ खेलमा अपराजित छ ।

टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । यसै समूह अन्तर्गत शनिबार वेल्स र स्विटजरल्याण्डले खेल्नेछन् । उक्त खेल नेपाली समया अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ६ : ५२ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि