६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिशहोमले युरोकपको प्रत्यक्ष प्रसारण गर्दै, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने



काठमाडौं । नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो ।

‘डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इन ब्युल्ट भाषा चाँही अंग्रजी कमेन्ट्री हुनेछ । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् ।’ डिशहोमले विज्ञप्ति जारी गर्दै भनेको छ ।

त्यसैगरी डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अग्रेजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउने बताइएको छ ।

साथै डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ ।

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सीम टिभी (च्यानल नम्बर १०५/९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ ।

कम्पनीका अनुसार डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ । युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा शुरू भएको हो । युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।

युरो कपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ८ : १७ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको