७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले विवाद : जति नेता बूढा, उति जुँगा ठूला-दोस्रो पुस्ता एकताको कसरतमा



काठमाडौं । ‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ?’

पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए । पार्टीका शीर्ष नेताहरूमा आफ्नासँग भन्दा पराईसँग सहकार्य गर्न खोज्ने प्रवृत्तिले एमाले विभाजनको संघारमा छ । अधिकांश सर्वसाधारणको सामाजिक सञ्जालमार्फत नै भट्टराईलाई जवाफ थियो, ‘दोस्रो पुस्ताका नेताहरू मिले पहिलो पुस्ताका नेताहरू एकतामा आउन बाध्य हुनेछन् ।’

न पनि, दोस्रो पुस्ताका नेताहरू पार्टी एकताका लागि सक्रिय भइरहँदा पार्टी नेतृत्व हाँकेका, हाल नेतृत्व र वरिपरि रहेका तथा आगामी दिनमा पनि पार्टी नेतृत्वको दाबी गरिरहेका नेताहरूबीच भने बोलचाल बन्दको अवस्था छ ।

एकताको वातावरण बनाउनेभन्दा एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर परिस्थिति झन् जटिल बनाउनेतिर पहिलो पुस्ताका नेताहरू सक्रिय छन् ।

फुटको डिलमा पुगेको एमाले जोगाउन युवा नेताहरू सक्रिय छन् । दोधारे बनेको, पदीय लोभमा फसेको, मन्त्रीका लागि बार्गेनीमा लागेको लगायतका संगीन आरोपहरू आइलागे पनि आफूहरू पार्टी एकताका लागि कुनै कसुर बाँकी नराखी सक्रिय रहने उनीहरूको भनाइ छ । दोस्रो पुस्ताका नेताहरू जतिसुकै दौडधुपमा लागे पनि पहिलो पुस्ताका शीर्ष नेताहरूमा देखिएको अहम् नै समाधानमा बाधक बनेको भट्टराईको बुझाइ छ ।

‘जति नेता बूढा, उति जुँघा ठूला देखिएका कारण समाधान निस्केको छैन,’ भट्टराईले अन्नपूर्णसँग भने । ओली पक्षबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल खनाल पक्षबाट भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरू एकताको सुत्र खोजीमा वार्तारत छन् ।

दोस्रो पुस्ताका नेताहरू पार्टी एकता जोगाउन सक्रिय हुँदा पार्टीभित्र एकले अर्को पक्षलाई (देखाइदिने) अराजक गतिविधि भने बन्द भएका छैनन् । केन्द्रीय नेतृत्वको निर्देशनविपरीत सुदूरपश्चिम प्रदेशमा एमालेभित्रकै नेपाल-खनाल समूहको सहयोगमा माओवादी नेतृत्वमा सरकार गठन भयो ।

राष्ट्रियसभाको निर्वाचनमा बागमती र लुम्बिनी प्रदेशबाट पार्टी अध्यक्ष ओलीका उम्मेदवार पराजित भए । नेपाल, खनालसहित कांग्रेस, माओवादी गठबन्धनअनुसार दुई नम्बर प्रदेशमा सरकार पुनर्गठन भयो भने गण्डकीमा एमाले नेतृत्वको सरकार ढल्यो । सबैभन्दा पहिला कर्णालीमा ४ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरे । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : २४ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा