४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतीय सेनामा ‘पहिलोपटक’ नेपाली महिलाका लागि भर्ती खुल्यो



काठमाडौं । भारतीय सेनाले नेपाली महिलाका लागि समेत भर्ना (भर्ती) आह्वान गरेको छ । नेपालस्थित भारतीय दूतावासको कल्याणकारी शाखाले भारतीय सेनामा नेपाली महिलाको लागि पनि भर्ती खोलिएको जानकारी दिएको छ ।

भारतीय दूतावास स्रोतका अनुसार भारतीय सेनामा पहिलोपटक नेपाली महिला भर्ती गर्न लागिएको हो । भारतीय सेनामा महिला पुलिस छनोटका लागि हुने ‘र्‍याली’का लागि नेपाली महिलाले पनि आवेदन दिन सक्नेछन ।

भर्तीका लागि छनोट र्‍याली भने भारतको अम्बाल, लखनउ, जवलपुर, बेलगाव, पुने र शिलांगमा हुने छ । भर्तीका लागि हुने छनोटमा सहभागी हुनका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

महिला सेना प्रहरीका लागि न्यूनतम १० कक्षा उत्तिर्ण भएको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ । उमेर भने १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्मको हुनुपर्ने जनाइएको छ । ‘वीर नारी’हरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिएको भारतीय दूतावासको कल्याणकारी शाखाले जानकारी दिएको छ।

शारिरीक मापदण्डका लागि उचाइ १५३ सेन्टिमिटर हुनुपर्ने छ । नेपाली महिलाको हकमा १४९ सेन्टिमिटर उचाइ भएपनि पुग्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ७ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको