२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

मुख्यमन्त्री शंकर पोखरेलबाट आयो भूम्या पर्वको शुभकामना



बुटवल । रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूम्या पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना व्यक्त गरेका छन् । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले शुभकामनामा भूम्या पर्व लुम्बिनी प्रदेशको विशेष सांस्कृतिक पर्व भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले भूम्या पर्व मार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा सघाउ पुगेको बताउँदै खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको उल्लेख गरेका छन् । भूम्या पर्व प्रकृतिसंग सम्बन्धित रहेको बताउँदै उनले भूम्या पर्वले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको बताएका छन् । ‘प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो,पानी,जीवजन्तु र रुखविरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न संभव छ ।’ उनले शुभकामना सन्देशमा भनेका छन्, – ‘प्रकृतिप्रति माया र संरक्षण गर्दा भावी पुस्ताका लागि अमुल्य उपहार हुन्छन् ।’

पोखरेलले प्रदेश सरकारले भूम्या पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज असार १ गते रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको जनाउँदै लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्दती बनाउन खोजिएको दाबी गरेका छन् ।

भूम्या पर्वको अवसरमा प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजानिक बिदा दिएको छ । हरेक वर्ष असार १ गते खाम मगरभाषी समुदायले भूम्या पर्वकारुपमा मनाउंदै आएका छन् ।

 

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ४२ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार