२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सर्वोच्च बारको तर्फबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी सिफारिस



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलासलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुई जना एमिकस क्यूरीको नाम सिफारिस गरेको छ ।

सर्वोच्च बारले मंगलबार वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई अदालतको एमिकस क्युरीमा सिफारिस गरेको हो ।

संवैधानिक इजलासले गत जेठ २६ गते इजलासको सहयोगीको रुपमा सर्वोच्च बारबाट दुई जना र नेपाल बारबाट दुई जना गरी चार जनाको नाम माग गरेको थियो । एमीकस क्यूरीले रिटमाथि दुई घण्टामा आफ्नो धारणा गर्न समय छुट्याइएको छ । कुनै पनि विशेष महत्व राख्ने मुद्दामा सुनुवाइ गर्न इजलासले एमिकस क्यूरी मगाउने गर्छ । एमिकस क्यूरीले आफ्नो राय दिने गर्छन् । यसअघिको प्रतिनिधिसभा विघटनमा पाँच जना एमीकस क्यूरी माग भएको थियो ।

रिटमाथि असार ९ गतेबाट निरन्तर सुनुवाई हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले जेठ २६ गते शेरबहादुर देउवासहितका १४६ जना सांसदको निवेदनमा सुनुवाइ गर्दै असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने जनाएको थियो ।

इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै रिट निवेदक तथा विपक्षको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुलाई असार १० गतेभित्र बहस नोट पेश गर्न भनिएको छ ।

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ५३ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ