१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

सर्वोच्च बारको तर्फबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी सिफारिस



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइका लागि संवैधानिक इजलासलाई सहयोग गर्न सर्वोच्च अदालत बार एशोसिएसनले दुई जना एमिकस क्यूरीको नाम सिफारिस गरेको छ ।

सर्वोच्च बारले मंगलबार वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई अदालतको एमिकस क्युरीमा सिफारिस गरेको हो ।

संवैधानिक इजलासले गत जेठ २६ गते इजलासको सहयोगीको रुपमा सर्वोच्च बारबाट दुई जना र नेपाल बारबाट दुई जना गरी चार जनाको नाम माग गरेको थियो । एमीकस क्यूरीले रिटमाथि दुई घण्टामा आफ्नो धारणा गर्न समय छुट्याइएको छ । कुनै पनि विशेष महत्व राख्ने मुद्दामा सुनुवाइ गर्न इजलासले एमिकस क्यूरी मगाउने गर्छ । एमिकस क्यूरीले आफ्नो राय दिने गर्छन् । यसअघिको प्रतिनिधिसभा विघटनमा पाँच जना एमीकस क्यूरी माग भएको थियो ।

रिटमाथि असार ९ गतेबाट निरन्तर सुनुवाई हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले जेठ २६ गते शेरबहादुर देउवासहितका १४६ जना सांसदको निवेदनमा सुनुवाइ गर्दै असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने जनाएको थियो ।

इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै रिट निवेदक तथा विपक्षको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुलाई असार १० गतेभित्र बहस नोट पेश गर्न भनिएको छ ।

 

 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ५३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग