७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेका क्रियाशिल पत्रकारलाई २ लाख को दुर्घटना बिमा, हरेक पटक दुर्घटना हुँदा २० हजार बराबरको उपचार खर्च



नेपालगन्ज । बाँकेमा क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले २ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिने भएको छ । शाखा कार्यसमितिको आज बसेको बैठकले उक्त निर्णयउ गरेको शाखा सचिव कमल डाँगीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारकालागि समेत २ लाख रुपैयाँको दुर्घटना बिमा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही बिमाबाट पत्रकारहरुले २० हजारसम्मको उपचार खर्च पाउने दिर्घकालीन रुपमा अपाङ्ग भएका तथा ज्यान गुमाएका पत्रकारको हकमा बिमाले २ लाख रुपैयाँ रुपैया उपलब्ध गराउने गरि बिमा गर्ने निर्णय भएको पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले बताए । पत्रकारहरु हरेक पटक दुर्घटना हुँदा उपचार बापत बढीमा २० हजार सम्म उपचार खर्च बिमा कम्पनीले ब्यहोर्ने गरि बिमा गर्न थालिएको भण्डारीले बताए ।

महासंघले आफ्नै पहलमा देशमै पहिलो पटक पत्रकारका लागि यो योजना अगाडि सारेको महासंघ बाँके शाखाले दाबी गरेको छ । यस अघि प्रदेश सरकारको अनुदानमा प्रदेशका क्रियाशिल महासंघका सदस्यहरुलाई १ लाख बराबरको कोरोना बिमा गरिदिएको थियो ।

सचिव डाँगीद्धारा जारी बिज्ञप्तीमा बाँकेमा क्रियाशिल छुटेका सबै पत्रकारलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ९ : ५५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज