बुटवल । जल मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज गुल्मीको बडिघाट, रुद्रबेनी तथा सुनकोशी दोलालघाटमा सबै भन्दा ठुलो बाढी आउन सक्ने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले नियमित बुलेटिन मार्फत कन्त्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेपनि खतराको बिन्दु भन्दा कम रहेको जनाएको छ ।
महाशाखाले लुम्बिनी प्रदेशको पहाडी भागमा आज पनि अविरल वर्षा हुने जनाउँदै पश्चिम राप्ती तथा तिनाउ नदीको वहाव उच्च रहने पूर्वानुमान गर्दै सतर्ह रहने भनेको छ । बुलेटिनमा लुम्बिनी प्रदेशमा आज प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुममा बढी वर्ष हुने अनुमान गरेको छ ।
शुक्रबार पनि मनसुनको प्रभाव देशैभर कायम रहने उल्लेख गर्दै महाशाखाले लुम्बिनी प्रदेशको पश्चिम राप्ती र तिनाउमा बाढी आउने सम्भावना कायम रहने जनाएको छ । शुक्रबार राप्ती, तिनाउ सहित बबई नदीका सहायक नदीहरुमा समेत बाढी आउने पूर्वानुमान छ ।
लुम्बिनी सहितको पश्चिम क्षेत्रका मध्य पहाडी क्षेबबाट चुरे भई बग्ने खोला तथा नदीहरुको वहावले खतराको सीमा नाघ्न सक्ने भन्दै नदी आसपासका स्थानियलाई सतर्क रहन माहाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया