३ पुस २०८२, बिहिबार | December 19, 2025

बेलाहिया नाकामा अलपत्र आठ जनालाई उद्दार, सियारीको क्वारिन्टाइनमा राखियो



सियारी । लकडाउन भएपछि सीमा पारी अलपत्र परेका आठ जना नेपालीलाई उद्धार गरि सियारी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरू भारतका विभिन्न सहरबाट हिड्दै बेलहियासम्म आइपुगेका थिए । भाइरस विरुद्ध विभिन्न ठाउँमा सजगता अपनारहेका बेला उनीहरूलाई उद्धार गरेर सिधै क्वारेन्टाइनमा राखिएको सियारी गाउँपालिका प्रमुख अयोध्या थारुले जानकारी दिनुभयो । सियारी गाउँपालिकाले त्यहाँको जनता माविमा उपयुक्त क्वरेन्टाइनमा निर्माण गरेको छ ।

जिल्ला प्रसासन कार्यलाय रुपन्देही र सियारी गाउँपालिकाको समन्वयमा सीमा पारी अलपत्र परेकालाई उद्दार गरि बिहीबार दिउँसो क्वारिन्टाइनमा ल्याईएको थियो । रोजगारीको शिलशिलामा भारतबाट फर्कदै गरेका लुम्बिनीका ४ जना, रुद्रपुरका ३ र गुल्मी घर भएका १ जनालाई उद्दार गरि क्वारिन्टाइनमा राखिएको प्रमुख थारुले बताउनुभयो ।

उनिहरुलाई १४ दिनसम्म सोही क्वारिन्टाइनमा राखिने छ । यसबीचमा ज्वरो आएमा वा रुघाखोकी लागेर कोराना भाइरसको लक्षण देखा परेमा थप उपचार तथा परीक्षणका लागि एम्बुलेन्समार्फत भैरहवा भीम अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल तथा बुटवल उपमहानगरपालिकाले निर्माण गरेको प्रतिकोरोना आइसोलेसन अस्पतालमा पठाइने गाउँपालिकाका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले सचेतनाका साथै पालिकाका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालन गरिएको बताउनुभयो ।

यसैविच हुन सक्ने कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई मध्यनजर गर्दै सियारी गाउँपालिकाले पालिका भित्र विभिन्न ठाउँमा गै मुलुक बाहिरबाट घर आएकाहरुको वा घरमै रहेकाहरुको घरमै गई स्वास्थ्यबारे जानकारी लिरहेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख जनप्रतिनिधि, टोल विकास संस्था लगाएतका टोलिहरुले विदेशबाट आएका तथा अन्य पहुनाहरुको पहिचान गर्न तथा पहिचान गरि उनिहरुको स्वास्थ्य स्थिति बारे बुझ्न भनि लगत लिन घरघर अभियान सुरु गरिएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष गुरुङ्गले बताउनुभयो ।

यस घरमा भएका तथा यस महिना भित्र विदेशबाट आएकाहरुमा स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसको लक्षण तथा शंका लागेमा गाउँपालिका तथा नजिकको स्वास्थ्यकर्मीहरु संग प्रामर्श्लिन समेत सुझाव दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले बताउनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ३१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको