२१ माघ २०८२, बुधबार | February 4, 2026

बेलाहिया नाकामा अलपत्र आठ जनालाई उद्दार, सियारीको क्वारिन्टाइनमा राखियो



सियारी । लकडाउन भएपछि सीमा पारी अलपत्र परेका आठ जना नेपालीलाई उद्धार गरि सियारी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरू भारतका विभिन्न सहरबाट हिड्दै बेलहियासम्म आइपुगेका थिए । भाइरस विरुद्ध विभिन्न ठाउँमा सजगता अपनारहेका बेला उनीहरूलाई उद्धार गरेर सिधै क्वारेन्टाइनमा राखिएको सियारी गाउँपालिका प्रमुख अयोध्या थारुले जानकारी दिनुभयो । सियारी गाउँपालिकाले त्यहाँको जनता माविमा उपयुक्त क्वरेन्टाइनमा निर्माण गरेको छ ।

जिल्ला प्रसासन कार्यलाय रुपन्देही र सियारी गाउँपालिकाको समन्वयमा सीमा पारी अलपत्र परेकालाई उद्दार गरि बिहीबार दिउँसो क्वारिन्टाइनमा ल्याईएको थियो । रोजगारीको शिलशिलामा भारतबाट फर्कदै गरेका लुम्बिनीका ४ जना, रुद्रपुरका ३ र गुल्मी घर भएका १ जनालाई उद्दार गरि क्वारिन्टाइनमा राखिएको प्रमुख थारुले बताउनुभयो ।

उनिहरुलाई १४ दिनसम्म सोही क्वारिन्टाइनमा राखिने छ । यसबीचमा ज्वरो आएमा वा रुघाखोकी लागेर कोराना भाइरसको लक्षण देखा परेमा थप उपचार तथा परीक्षणका लागि एम्बुलेन्समार्फत भैरहवा भीम अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल तथा बुटवल उपमहानगरपालिकाले निर्माण गरेको प्रतिकोरोना आइसोलेसन अस्पतालमा पठाइने गाउँपालिकाका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले सचेतनाका साथै पालिकाका विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालन गरिएको बताउनुभयो ।

यसैविच हुन सक्ने कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई मध्यनजर गर्दै सियारी गाउँपालिकाले पालिका भित्र विभिन्न ठाउँमा गै मुलुक बाहिरबाट घर आएकाहरुको वा घरमै रहेकाहरुको घरमै गई स्वास्थ्यबारे जानकारी लिरहेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख जनप्रतिनिधि, टोल विकास संस्था लगाएतका टोलिहरुले विदेशबाट आएका तथा अन्य पहुनाहरुको पहिचान गर्न तथा पहिचान गरि उनिहरुको स्वास्थ्य स्थिति बारे बुझ्न भनि लगत लिन घरघर अभियान सुरु गरिएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष गुरुङ्गले बताउनुभयो ।

यस घरमा भएका तथा यस महिना भित्र विदेशबाट आएकाहरुमा स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसको लक्षण तथा शंका लागेमा गाउँपालिका तथा नजिकको स्वास्थ्यकर्मीहरु संग प्रामर्श्लिन समेत सुझाव दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले बताउनुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ३१ बजे

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल

काठमाडौंबाट उड्नासाथ टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको