१९ बैशाख २०८३, शनिबार | May 2, 2026

तिनाउ र दानव नदी किनारको बस्तीमा क्षेति पुग्नुको जिम्मेवारी बुटवल उपमहानगरले लिनुपर्ने : बुटवल कांग्रेस



बुटवल । नेपाली कांग्रेसको बुटवल उपमहानगर समितिले तिनाउ र दानव नदीले बढी क्षति पु¥याउनुमा बुटवल उपमहानगरपालिका जिम्मेवार भएको आरोप लगाएको छ । उपमहानगर समितिको आज बसेको बैठकले तिनाउ र दानव नदीमा अत्याधिक नदी दोहन भएका कारण बाढीले बस्तीमा क्षति पुगेको ठहर गरेको छ ।

जुनजुन स्थानमा गिटी बालुवा बढी निकालिएको छ त्यही स्थामनमा नदीले बढी क्षेति पु¥याएको भन्दै कांग्रेसले नदी दोहन बन्द गर्न र बाढीबाट क्षेति पुगेकाहरुलाई उपमहानगरले उचित व्यवस्था गर्न माग गरेको छ । बैठक पछि उपमहानगर सभापति खेलराज पाण्डेले विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाको अवधिको जरिवाना छुटको घोषणा गरिएपनि खानेपानी, बिद्युतको महसुल बुझाउन जाँदा सर्वसाधारणसँग जरिवाना असुल अरिएको आरोप लगाएका छन् । निषेधाज्ञाका कारण बन्द रहेका कार्यालयहरुले जरिवाना असुल्न बन्द गर्न आह्वान गर्दै कांग्रेसले त्यस अवधिको छुटको व्यवस्था गर्न समेत माग गरेको छ ।

निषेधाज्ञाले रोजगार गुमाएका र बिहान बेलुका छाक तार्न नसकेका श्रमिकहरुको पहिचान गरि यथासिघ्र उपमहानगरले राहतको कार्यक्रम घोषणा गर्न समेत कांग्रेस बुटवल उपमहागर समितिले माग गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : १४ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको