२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जगदम्बा स्टिल उद्योगमा आगलागी : दुई भारतीय मजदुरको मृत्यु



काठमाडौं । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा शनिबार आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो ।

आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।

घाइतेहरूको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका एक जनालाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ३१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ