१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

जगदम्बा स्टिल उद्योगमा आगलागी : दुई भारतीय मजदुरको मृत्यु



काठमाडौं । सिमरास्थित जगदम्बा स्टिल उद्योगमा शनिबार आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो ।

आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।

घाइतेहरूको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका एक जनालाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ३१ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,