७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए…



संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः रोक लगाउँदै आएको छ ।

जिल्ला प्रशासनले विवाह समारोहमा १५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन नै दिएको छ । तर, पनि यातायात सुविधा भएको ठाउँमा दुलाहाले सकेसम्म दुलही ल्याउन गाडीकै प्रयोग गरेको देख्न सकिन्छ ।

संखुवासभाको खाँदबारी नगरपालिका-८ का एक व्यक्तिले भने कोरोना संक्रमणबाट जोगिन र निषेधाज्ञाका कारण मोटरसाइकलमै बेहुली भिœयाएका छन् । खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले कोरोना भाइरसको त्रास र निषेधाज्ञाका कारण बिनातामझाम मोटरसाइकल चढाएर बेहुली भिœयाएका हुन् । उनी बेहुली लिन धर्मदेवीको आँखीभुइँ गएका थिए ।

कोरोना भाइरस संक्रमणको त्रास र निषेधाज्ञाका कारण आफूले सामान्य तरिकाले गरेको दुलही ल्याएको सन्तोषले बताए ।
दुलाहा सन्ताषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । यसका लागि उनी पाँच सात जना आफन्तसहित बेहुलीको घर पुगेका थिए ।

कोरोना भाइरसका त्रासका कारण दुवैतिर थोरै व्यक्ति भेला भई विवाह सम्पन्न भएको उनले बताए । संखुवासभामा हालसम्म १ हजार ५ सय ९४ जना कोरोना संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आजको राजधानी दैनिकमा भविन कार्कीले लेखेका छन ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : ०२ बजे

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको