४ आश्विन २०८३, आइतबार | September 21, 2026

चीनले लगायो एक अर्ब डोज खोप



बेइजिङ । चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ ।

आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो ।

पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो ।

चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरु क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।

चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका उपप्रमुख जेङ इक्सीनले यसै वर्षको अन्त्यसम्ममा कम्तीमा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने बताए । उनले खोपका कारण हालसम्म कुनै पनि समस्या नदेखिएको बताउँदै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित भइसकेको दाबी गरे ।

कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षणहरु अन्य नियमित खोपमा झैं सामान्य रहेको पनि उनले बताए ।


प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ०४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन