१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकाद्वारा इरानका कैयौं वेवसाइट र समाचार च्यानल बन्द



अमेरिकाले इरानका कैयौं वेवसाइट र टेलिभिजन च्यानल बन्द गर्दिएको छ ।

नवनिर्वाचित इरानी राष्ट्रपति इब्राहिम रइसीको सपथ ग्रहण अघि अमेरिकाले इरानी सरकार र समाचार संस्थाहरुका वेवसाइट र टेलिभिजन च्यानलहरु बन्द गरेको हो ।

मंगलबारदेखि नै कैयौं वेवसाइटहरु बन्द गरिएका छन् । इरानी सरकारको अंग्रेजी भाषाको प्रेस टेलिभिजन र वेवसाइट प्रेस टिभी डट कम बन्द गरिएको छ । प्रेसटिभी डट कम नेपालमा समेत खुल्न सकेको छैन । यसैगरी हुति आन्दोलन समर्थित अल मसिराह टिभी पनि बन्द गरिएको छ ।

अमेरिकाको वाणिज्य विभाग र एफबीआईले ३० वटा इरानी वेवसाइट र समाचार संस्थाहरुमाथि कारवाही गरेको हो । यद्यपी कतिपय वेवसाइट बन्द गरिएको केही घण्टाभित्रै नयाँ डोमेनका साथ संचालनमा आएका छन् ।

इरानमा कट्टरपन्थी इब्राहिम रईसी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले पहिलो कारवाही गरेको हो । रईसीले आगामी महिना सपथ लिँदैछन् ।

अमेरिकाले इरानको परमाणु कार्यक्रम अघि बढ्न नदिन इरानमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको ६ मुलुक सम्मिलित परमाणु सम्झौताबाट पछि हट्दै इरानमाथि कडा प्रतिबन्ध लगाएका थिए । त्यसपछि अमेरिकासँग झन सम्बन्ध बिग्रेको छ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ०६ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत